१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौं: गभर्नर अधिकारी

नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौं: गभर्नर अधिकारी
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ ।

सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गर्नुभयो । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आएपनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो छ । बैंकिङ अभ्यास पारदर्शी छ । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलिया बनाउने किसिमका छन् । पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यतिकै ढल्न दिँदैनौं । यो कुरामा राष्ट्र बैंक प्रतिवद्ध छ । बैंक अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार बैंकको पुँजी तल गयो भने फेल हुनसक्छ । नहुने भन्ने होइन । तर त्यसको असर बजारमा कस्तो पर्छ भन्ने सबै कुरा हेरेर मात्रै अमेरिकाको २००७/०८को घटनालाई सम्झनु भयो भने एउटा घटना क्रम अनुसार अन्य सारा घटनाक्रम घट्दै गए । ती हाम्रो लागि महत्वपूर्ण लेसन हुन । अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु फेल हुने अवस्थामा छैनन् । साना–साना संस्था त्यो अवस्थामा आए भने पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम छ । बैंक डुब्ने अवस्थामा पुगे पनि वचतकर्तालाई सुरक्षित गर्ने मेकानिजम पनि छ । राष्ट्र बैंकले नियमन र अनुगमन गरेका बैंक वित्तीय संस्थाको वचत कुनैपनि हालतमा डुब्ने अवस्था आउने दिने छैनौं । बैंक तथा वित्तीय संस्थाहरुले पनि त्यहीअनुसार काम गर्दै आएका छन् ।’

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताउनु भयो । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाई छ । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताउनु भयो । उहाँले विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण लिएका कारण हालको समस्या निम्तिएको धारणा राख्नुभयो ।

उहाँले ऋणहरुले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताउनु भयो । गभर्नर अधिकारीले यस वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको वर्ष भएको धारणा राख्नुभयो । उहाँले यसलाई अन्यथा लिन नहुने भन्दै नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको उल्लेख गर्नुभयो । उहाँले तत्काल आत्तिनुपर्ने अवस्था नभएको भन्दै शेयरधनीलाई लाभांश नदिएर भएपनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यकता आंैल्याउनु भयो । उहाँले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी हुँदा त्यसले अरुलाई पनि असर गर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘१४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्रको लागि राम्रो अवसर हो । बैंकहरुको लागि पनि राम्रो हो । बैंकको तरलतामा सहजता ल्याएको छ भने राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना गरेको छ । बैंक वित्तीय संस्थाहरुलाई लगानी गर्ने ठाउँ बनाई दिएको छ । त्यसलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं । समाजमा धेरै आम मानिसहरुको गुनासो आर्थिक शिथिलता भयो । आर्थिक गतिविधिहरु भएन । समग्रमा माग घटेको अवस्था छ । उद्योगहरु क्षमताअनुसार चल्न सकिराखेको अवस्था छैन । त्यसको असर धेरैमा परिरहेको छ । बैंकहरुको लगानी बढी भयो भन्ने विषयमा बोल्दा प्रश्नहरु उठे । त्यो बेलाको ओभर फाइनान्सिङ,हाम्रो व्यक्तिगत लेभलमा ओभर कर्जा हामी भित्रको सबै भन्दा ठूलो समस्या हो । कसैलाई दोष दिने ठाउँ छैन ।

बैंकका ग्राहकहरु पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए । बैंकहरुले पनि कर्जा लिने क्षमता यति हो यहाँ भन्दा बढी जानुहुँदैन भनेर सोचिदिएको भए । अहिले बैंकहरुलाई समस्या पर्ने थिएन । ग्राहकहरुलाई समस्यामा पर्नुमा राष्ट्र बैंक पनि दोषी छ । यो वर्ष बैंकहरुको खराब कर्जा बढेको वर्ष हो । बढेको भन्दा पनि बैंकहरुको वास्तविकता बाहिर आएको वर्ष हो । बैंकिङ प्रणाली एकदमै पारदर्शी छ । कयौं वर्षसम्म चालुपुँजी कर्जा मार्ग निर्देशन लागू नभएसम्म केही समय पाउनुभयो । पुरानो कर्जा तिर्ने प्रयोजनको लागि थाहा नपाइ लिमिटहरु राखेर पनि थप कर्जा लिएर ऋणहरुले कर्जा तिर्ने अवसर पाए । चालुपुँजी कर्जा मार्ग निर्देशन आएपछि त्यो अवसर रहेन । आर्थिक गतिविधि कमजोर भएको कारण कर्जा असुलि कमजोर भएको अवस्थामा चालुपुँजी कर्जा मार्ग निर्देशन लागू हुदाँ थप बल पुर्‍यो । ३.४० प्रतिशत खराब कर्जा पुग्दा नेट खराब कर्जा १.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा बढेर शेयरधनीहरुले कम लाभांश पाएपनि बैंकहरु बलियो हुनुपर्छ । धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक,सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताउनु भयो । उहाँले नेपालका कुनैपनि बैंकहरु अराजक,सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी गर्नुभयो । उहाँले अहिले बैंकको आम्दानी घटेको बताउनु भयो । उहाँले आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्या्े अवस्थामा पुुग्नसक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्याङ्क नहेरेको बताउनु भयो ।

उहाँले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको दाबी गर्नुभयो । राष्ट्र बैंकले लिने नीतिहरु तत्काल भन्दा पनि भविष्यमा आउने समस्या समाधानको लागि सहयोगी बन्ने गरेको धारणा व्यक्त गर्नुभयो ।