१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

फेरि चर्कियो एमसीसी, बाबुराम र नारायणकाजीको यस्तो जुहारी

फेरि चर्कियो एमसीसी, बाबुराम र नारायणकाजीको यस्तो जुहारी
अ अ+ अ-

काठमाडौंIअमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)  सम्झौता नेपालमा फेरि एकपटक चकिर्एको छ । हिजोदेखि फेरि चर्चामा आएको यो सम्झौता संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुबीच छलफल पुनः थाल्नुभएको छ ।

हिजो नै उहाँले चालु संसद बैठकमा पेश गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर पनि सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्रीलाई तत्कालै हतार नगर्न भनेका थिए । त्यसपछि प्रधानमन्त्रीसँग उनीहरुले अहिलेका लागि १० दिनसम्म संसद बैठक पछि सारेर यस विषयमा निर्णय लिने बताएपछि संसद बैठक पर सारिएको छ । सायद, प्रधानमन्त्रीको सोही प्रस्तावले होला माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता यही अवस्थामा पारित नहुने कुरा फेसबुकमार्फत् जानकारी दिनुभयो ।

उहाँले भन्नुभएको थियो– अहिले नै हतार नगरौँ, यथास्थितिमा एमसीसी पारित हुदैन, कम्तीमा माओवादीले त्यसो गर्दैन । त्यसको प्रतिउत्तर स्वरुप हुनसक्छ आज पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसीका नाममा राजनीति नगरौँ भन्ने आसयको ट्वीट गर्नुभएको छ ।

उहाँले कुनै आलटाल नगरी एमसीसी सम्झौता संसदबाट पारित गरौँ भन्नुभएको छ । उहाँ भन्नुहुन्छ– एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊँ । यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस । देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस । केही समय मौन जस्तै रहेको यो एजेण्डा फेरि बजारमा आएको छ ।

यस विषयमा कांग्रेस तथा सत्तारुढ माओवादी तथा नेकपा एसका नेताहरुले आफ्ना प्रतिक्रियाहरु दिन थालेका छन् । सत्ताका साझेदार माओवादी, नेकपा एस र जनमोर्चा यसको विपक्षमा छन् भने कांग्रेस र जसप पक्षमा छन् । उता एमाले पर्ख र हेरको अवस्थामा छ । प्रमुख प्रतिपक्षी एमालेले सरकारले संसदमा पेश गरोस त्यसपछि हाम्रो निर्णय आउँछ भन्ने लाइनमा छ । तर पनि संसदमा पेश गर्नकै लागि सभामुखको भूमिका के हुने हो भन्नेमा सत्तापक्ष नै आशंकामा छ ।