६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको निधन



अ+ अ-

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा. थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।