• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बारामा सिलिन्डर विस्फोट हुँदा घाइतेमध्ये एक जनाको मृत्यु



काठमाडौँ । बाराको निजगढमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

सोमबार दिउँसो जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो । मृत्यु हुनेमा वर्कसप सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको अस्पतालमा उपचार जारी रहेको छ ।