• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

संसद् भवनमा लघुवित्त पीडितको आन्दोलन, १८ जना पक्राउ-फोटो फिचर



काठमाडौं । लघुवित्त तथा सहकारी पीडितले संसद् भवन परिसरमा आन्दोलन गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरु संसद् भवन परिसरमा भित्र जबरजस्ती पुगेर नाराबाजी गरेका हुन् ।

संसद् भवन भित्र आन्दोलन गर्न पुगेका १८ जना भन्दा बढिलाई पक्राउ गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए । उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वर लगिएको छ ।

केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेका छन् ।