२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताउनु भयो । उहाँले सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको बताउनु भयो । उहाँले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताउनु भयो ।

उहाँले संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको एउटा विधेयक जुन मर्यादा विधेयक यहाँबाट सर्वसम्मत हुँदै प्रतिनिधि सभामा गएको छ । त्यो प्रतिनिधि सभाबाट फर्किएर आउने हो की होइन ? प्रतिनिधि सभाले त्यसलाई टेबुल त गरेको छ । तर प्रतिनिधि सभामा मन्त्रीहरुको अभिव्यक्ति सुन्दा मन्त्रीहरुसँग भेट्दा त्यो विधेयक बनाउँदै गर्दा र सरोकारवाला मन्त्रीसँग भेट्दा विधेयकको बारेमा छलफल गर्दा र हामी सर्वदलीय रुपमा भेट्दा यो विधेयक गृह मन्त्रालयको हक अधिकार भित्र पर्दछ भन्नेकुरा आयो । राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुखलाई माथि राखेर प्रधानन्यायाधीशलाई तल राखेको विषयमा एउटा ठूलो भूकम्प नै गएको थियो ।’

‘त्यो विधेयक यहाँबाट सर्वसम्मत रुपमा गएको छ । राष्ट्रिय सभाबाट गएको विधेयक प्रतिनिधि सभाले तुहाउने काम गर्‍यो भने संघीय संसदको गरिमा के हुन्छ ? गीतमा एउटा श्लोक छ, कर्म गर्नु, फलको आशा नगर्नु । आज नेपाली जनताले त्यही कुरा आशा गर्नुपर्ने हो ? कर्म गरे, आफ्नो निर्वाचन क्षेत्रमा मत हाले, जिताए तर जनताले आशा गर्ने काम गर्ने हो की होइन । निर्वाचित भइसकेपछि जनतातिर फर्किनै सकेका छैनौँ । जनताले चाहेको कुरा खोजिरहेका छौँ की छैनौँ । सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गर्ने भए के हुन्छ । मिटरब्याजी पीडित आएका छन् । सरकारले कति रह्यो निर्णय र कानूनको काम । सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको छ । सांसदले उठाउने मात्रै थलो हो यो । कार्यान्वयन गर्नुपर्छ की पर्दैन ?’

उहाँले सांसदहरुले संसदमा उठाएका कुराहरु सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।