१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन

काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताउनु भयो । उहाँले सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको बताउनु भयो । उहाँले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताउनु भयो ।

उहाँले संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको एउटा विधेयक जुन मर्यादा विधेयक यहाँबाट सर्वसम्मत हुँदै प्रतिनिधि सभामा गएको छ । त्यो प्रतिनिधि सभाबाट फर्किएर आउने हो की होइन ? प्रतिनिधि सभाले त्यसलाई टेबुल त गरेको छ । तर प्रतिनिधि सभामा मन्त्रीहरुको अभिव्यक्ति सुन्दा मन्त्रीहरुसँग भेट्दा त्यो विधेयक बनाउँदै गर्दा र सरोकारवाला मन्त्रीसँग भेट्दा विधेयकको बारेमा छलफल गर्दा र हामी सर्वदलीय रुपमा भेट्दा यो विधेयक गृह मन्त्रालयको हक अधिकार भित्र पर्दछ भन्नेकुरा आयो । राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुखलाई माथि राखेर प्रधानन्यायाधीशलाई तल राखेको विषयमा एउटा ठूलो भूकम्प नै गएको थियो ।’

‘त्यो विधेयक यहाँबाट सर्वसम्मत रुपमा गएको छ । राष्ट्रिय सभाबाट गएको विधेयक प्रतिनिधि सभाले तुहाउने काम गर्‍यो भने संघीय संसदको गरिमा के हुन्छ ? गीतमा एउटा श्लोक छ, कर्म गर्नु, फलको आशा नगर्नु । आज नेपाली जनताले त्यही कुरा आशा गर्नुपर्ने हो ? कर्म गरे, आफ्नो निर्वाचन क्षेत्रमा मत हाले, जिताए तर जनताले आशा गर्ने काम गर्ने हो की होइन । निर्वाचित भइसकेपछि जनतातिर फर्किनै सकेका छैनौँ । जनताले चाहेको कुरा खोजिरहेका छौँ की छैनौँ । सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गर्ने भए के हुन्छ । मिटरब्याजी पीडित आएका छन् । सरकारले कति रह्यो निर्णय र कानूनको काम । सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको छ । सांसदले उठाउने मात्रै थलो हो यो । कार्यान्वयन गर्नुपर्छ की पर्दैन ?’

उहाँले सांसदहरुले संसदमा उठाएका कुराहरु सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।