२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज तथा लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उहाँले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिनुभएको हो ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले उनीहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो संसदको प्रारम्भदेखि नै केही विषयहरु निरन्तर रुपमा उठिरहेका छन् । खासगरी मिटरव्याज पीडितहरुका कुरा, दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषय, लघुवित्त पीडितहरुको समस्या र सँगसैगै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामाको विषय । लामो समयदेखि संसदले यी विषयहरुलाई मुद्दाको रुपमा उठाईराख्दाखेरी पनि सरकार सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जस्तो गरेर बसीराखेको छ । आज म ठोस रुपमा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । र, राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट भन्न चाहन्छु कि सरकारले जुन मिटरब्याज पीडितहरुको, लघुवित्त पीडितहरुको र दुग्ध किसानहरुको समस्यामा अदेखा गरेको छ मात्रै होइन, उनीहरुलाई पीडामाथि जुन हाँसीमजाक उडाईराखेको छ । अब हामी यसरी आवाज उठाएर टुलुटुलु हेरेर मात्रै बस्न सक्दैनौं । म लामो कुरा भन्दिन ।’

‘सरकारले यो तीन वटा विषयमा मिटरव्याज पीडितहरुको विषयमा, लघुवित्त पीडितहरुको विषयमा र दुग्ध उत्पादक कृषकहरुको विषयमा आउने बैठक भित्रमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद अवरुद्ध गर्छ । हामीलाई संख्यामा कम भएको कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसद र सडक दुवैतर्फ उभिन्छ । र म फेरि पनि भन्छु–सरकारको ध्यानाकर्षण गर्न चाहन्छु–कि अहिले यो गणतन्त्रको १५ वर्षमा देशमा कुन प्रकारको न्याय व्यवस्था छ भन्नेकुरा अहिले सडकमा देखिएको छ । सर्वहारावर्गको अधिनायकत्वको स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा अहिले अहिले सरकार भएको बेलामा सर्वहारावर्गको अवस्था के छ भन्ने कुरा भृकुटीमण्डव र सिफलमा देखिन्छ । त्यसकारण म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–आउने बैठकसम्ममा यो वित्तिय समस्या र दुग्ध उत्पादक कृषकहरुको समस्यामा सरकारको ठोस जवाफ आएन, निष्कर्ष आएन भने र उनीहरुलाई खुशी भएर घर फर्कने वातावरण बनेन भने आउने संसदको बैठक अवरुद्ध गर्छ ।’

अध्यक्ष लिङदेनले सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप लगाउनु भयो ।




भर्खरै