२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ: सांसद रावल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको बताउनु भयो । उहाँले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको छ ।’

उहाँले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरुलाई स्वदेशमै रोक्न सकिने बताउनु भयो ।