१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

विवादित मन्त्रीलाई तत्काल बर्खास्त गर्नप्रतिपक्षको माग: प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् : गोकुल बास्कोटा

विवादित मन्त्रीलाई तत्काल बर्खास्त गर्नप्रतिपक्षको माग: प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् :  गोकुल बास्कोटा
अ अ+ अ-

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न पुन: माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री बाँस्कोटाले विभिन्न विवादमा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति मन्त्री सुदन किराँती र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘दिनदिनै नयाँ घटनाक्रम आइरहेका छन् । पुरा विवादका कारण स्वास्थ्यमन्त्री दिनदिनै अख्तियारमा जानु परेको छ । पद छोड्न किन यस्तो भईरहेको छ । बहादुरले गोली लुकाउँछ कायरले घडी लुकाउँछ भन्दै मन्त्री हिडिरहँछन् । सांसदहरुले प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् सुशासनको मानक यो हुन सक्दैन । सरकार किसानको पक्षमा कहिले उभिन्छ ? ’ ।

उहाले भन्नुभयो, ’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ रु सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’