४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बानेश्वरमा समुदाय र प्रहरी ‘दुव्यर्सनी’ खोज्न टर्च बालेर झाडीमा छिरे…..

बानेश्वरमा समुदाय र प्रहरी ‘दुव्यर्सनी’ खोज्न टर्च बालेर झाडीमा छिरे…..
अ+ अ-

काठमाण्डौ । प्रहरी वृत्त नयाँबानेश्वरको कार्य क्षेत्र अन्तर्गत पर्ने नयाँबानेश्वरका विभिन्न गल्ली, साँघुरा सडक, सार्वजनिक उद्यान, झाडी र बुट्ट्यानमा लागुपदार्थका दुव्यर्सनीका कारण साँझपख र राती सर्वसाधारणलाई आवत जावतमा कठिनाई भएको, चोरी र लुटपाटका घटना बढेको भन्ने गुनासो बढेपछि आइतबार राती स्थानीय समुदाय र प्रहरीले रात्री गस्ती गरेको छ ।

रात्री गस्ती गर्ने प्रहरी र समुदायका प्रतिनिधिहरु सबैले टर्च बालेर गल्ली, झाडी र बुट्ट्यानमा दुव्यर्सन खोजेका थिए ।

नयाँबानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीको अगुवाई र समन्वयमा समुदाय र प्रहरी मिलेर रात्री गस्ती गरिएको यो नै संभवत काठमाण्डौको पहिलो घटना हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको ‘सुरक्षित काठमाण्डौ उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई व्यवहारमा उतार्न ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत समुदाय र प्रहरी मिलेर नयाँबानेश्वरमा पहिलोपटक रात्री गस्ती गरिएको हो । अन्य समयमा भने प्रहरी मात्रैले रात्री गस्ती गर्दै आएको छ ।

सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० का इन्चार्ज तारा राम दयाल सहित नयाँबानेश्वर वृत्तका प्रहरीको साथै काठमाण्डौ महानगरपालिका वढा नं १० र ३१ वडाका जनप्रतिनिधि र स्थानीय संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित टोलीले आइतबार राती लागुऔषध दुव्र्यसनी र शंकास्पद चोर लुक्ने ठाउँ खोज्दै गस्ती गरेको हो ।

सामुदायिक सेवा समिति बानेश्वर १०, नयाँमार्ग टोल सुधार समितिका पदाधिकारी, महानगरको १० नं वडा सदस्य नरोज अर्याल, ३१ का वडा सदस्य अशोक केसी, सामुदायिक सेवा समिति बानेश्वर १० का महासचिव अशोक कार्की, नयाँमार्ग टोल सुधार समितिका सचिव सुनिल उपाध्याय तथा देशभक्त युवा शक्ति समाजका प्रतिनिधिका साथै स्थानीय टोलवासीहरु रात्री गस्तीमा सहभागि थिए ।

सो टोलीले महानगरको वडा नं १० नयाँबानेश्वरका विभिन्न टोल र गल्लीहरु कान्ति गल्ली, नयाँ मार्ग, सरस्वती मार्ग,बोगटी मार्ग, थापागाँऊ र मनकामना मार्ग लगायत टोलमा करीव डेढ घण्टा रात्री गस्ती गरेको थियो ।

आइतबार राती नमुनाको रुपमा समुदाय प्रहरीले संयुक्तरुपमा गरेको रात्री गस्तीले समाजमा राम्रो सन्देश दिएको उललेख गर्दै यस्तो गस्ती वृत्त अन्तर्गतको अन्य वडाका टोल र गल्लीहरुमा पनि विस्तार गरिने गरिएको नयाँबानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले बताए ।