२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक टी–२० श्रृंखला भोलिदेखि: नेपाल र नामिबिया खेल्दै



अ+ अ-

काठमाडौँ । नेपालले अब टी–२० ढाँचामा त्रिकोणात्मक टी–२० श्रृंखला खेल्दैछ । आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

टी–२० शृंखला मंगलबारदेखि किर्तीपुरस्थित टियू मैदानमा सुरु हुदैछ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप यो सिरिज खेल्न लागेको हो । टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा नामिबियासँगै इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।

त्रिकोणात्मक टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच हुनेछ भने दोस्रो खेलमा बुधबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्स, मार्च १ मा नेपाल र नामिबिया, मार्च २ मा नेपाल र नेदरल्यान्ड्स र मार्च ३ मा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् ।

प्रतियोगितामा अंक तालिकाको शिर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मार्च ५ तारिखमा हुनेछ ।

त्रिकोणात्मक शृंखलाका लागि क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा रहेका छन् ।