६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्की र हरी ढकालले वीर अस्पतालमा पुगेर जे देखे… (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु तोसिमा कार्की र हरी ढकालले वीर अस्पतालको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

हिजो अकस्मात वीर अस्पतालमा पुगेपछि त्यहाँ देखेको वास्तविक अवस्था सामाजिक सञ्जालमार्फत् जस्ताको तस्तै सार्वजनिक गरेका छन् । सांसद तोसिमा कार्कीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको वीर अस्पतालको अवस्था ।

बीर अस्पतालमा ICU मा बेडहरु र भेन्टिलेटरहरु भएतापनि प्रयोग नगरिएको र बिरामीलाई मर्का परेको, बेड छैन भनि बिरामी फर्काउने गरिएको गुनासो अत्याधिक आएपछि हामी, म तोसिमा कार्की र माननीय हरी ढकाल वस्तुस्थिती बुझ्न गयौँ।

मेडिकल ICU ८ बेडमा ६ मात्र प्रयोगमा।

सर्जिकल ICU १८ बेडमा ८ मात्र प्रयोगमा।

रेस्पी ICU मा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या।

न्युरो ICU मा ९ बेडमा ५ मात्र प्रयोगमा।

Gastro/Hepato ICU (११ बेड भएकोमा) पुरै बन्द ताल्चा लगाईएको।

अपरेसन कक्षहरु पनि केहि मात्र सन्चालन भई केहि थन्किएको ।

देशको सबैभन्दा पुरानो ठूलो र अधिकांश बिरामी आउने अस्पतालको यो हविगत किन छ? आईसीयु बेड र भेन्टिलेटरहरु बन्द गरेर राखिएको यता बिरामी भने आईसीयु नपाएर मरिरहेका छन्।

कारण : जनशक्ति नभएर। कार्तिकमा करारका २७६ स्वास्थ्यकर्मीलाई निकालिएको रहेछ र तत्पश्चात नयाँ व्यवस्थापन नगरिएकोले ४-५ महिना देखि यो गम्भिर समस्या आएको रहेछ। यता स्वास्थ्यकर्मिहरु बेरोजगार ! अनि यता चाहीँ अभाव । काम गरिरहेका स्वास्थ्यकर्मी पनि हतोत्साहित, ICU हरु बन्द, बिरामीहरु अलपत्र !! कस्तो नालायकीपन सरकारको ?? स्वास्थ्य मन्त्रीले तत्काल जनशक्ति थप्नुपर्यो हैन भने स्वास्थ्य क्षेत्र धरापमा छ ।