२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै
अ अ+ अ-

काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने भएको छ । पहिलो चरणमा हिजो साँझ भएको वार्तामा ठोस कुरा नै नभएपछि आज पुन: छलफल गर्ने सहमति भएको छ ।

गृह मन्त्रालयमा आज बिहान ११ बजे सरकार र र मिटरब्याजपीडितबीच वार्ता हुने छ । २३ दिन हिँडेर पैदलै काठमाडौं आइपुगेकाे पाँच दिनपछि हिजो पहिलो चरणमा उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले अग्रसरता देखाएको हो । हिजोको वार्तामा मिटरब्याजपीडितहरुले सरकारलाई माग सुनाएका थिए ।

वार्ता टोलीमा पीडितको नेतृत्व गरेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् । पीडितहरुले समस्या समाधानका लागि न्यायिक आयोग गठन गर्नुपर्ने र दीर्घकालीन समस्या समाधान गर्न उचित कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यसो त मिटरब्याजपीडितहरु पहिलो पटक आन्दोलनमा उत्रिएका हैनन् । यसअघि देशभरका मिटरब्याजपीडित काठमाडौंमा आएर आन्दोलन गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पीडितसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेका थिए । तर तीमध्ये आयोगले ५ हजारको मात्र मिलापत्र गराएको थियो ।