६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन जुवा खेलमा संलग्न ७४ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । कोभिड–१९ को महामारी विषम परिस्थितिमा ठूलो सङ्ख्यामा बिङ्गो खेलमा संलग्न ६६ पुरुष र आठ महिला गरी ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ १६ गते आइतबार बेलुका ७ बजेको समयमा काठमाडौँ–६ बौद्दस्थित प्लटिङ नजिक रहेको दोलखा जिल्ला घर भई हाल बानेश्‍वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्‍टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले छापामारी उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद रु छ लाख १९ हजार २५० समेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूरअन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।