• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा



काठमाडौँ । नेपाली कांग्रेसका नेता गजेन्द्र बहादुर हमालले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन् । महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको माग राख्दै ५० प्रतिशत भन्दा बढी महासमितिका सदस्यहरुले हस्ताक्षर गरी बुझाएको पत्र दर्ता भई महासमितिको बैठकमा प्रवेश समेत नपाएको भन्दै असन्तुष्टि जनाएर उनले राजीनामा दिएका हुन् ।

साथै हिन्दु राष्ट्र स्थापनार्थ सञ्चालित महाअभियानलाई सार्थक बनाउन आफू निरन्तर लागिरहने उनको भनाई छ ।