२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’



अ+ अ-

एजेन्सी । आईपीएल हुनु एक महिनाअघि राजस्थान खेलकुद परिषद्ले सवाईमान सिंह रंगशाला सिल गरेको छ । राजस्थान क्रिकेट संघ (आरसीए)ले बक्यौता लगायतका दायित्व पूरा नगरेको पाएपछि काउन्सिलले कारबाही गरेको हो ।

काउन्सिलले रंगशाला बाहेक आरसीएको कार्यालय र एकेडेमी पनि सिल गरेको छ । प्रारम्भिक तालिका अनुसार आईपीएलका खेलहरू मार्च २४ र २८ मा जयपुरमा हुनेछन् ।

राजस्थान खेलकुद परिषद्का सचिव सोहन रामचौधरीले शुक्रबार भने, ‘हामीले आरसीएलाई पटकपटक नोटिस पठाएका थियौँ, तर कुनै प्रतिक्रिया आएको छैन ।’ उनले समझदारी पत्र (एमओयू)लाई आठ वर्षबाट १० वर्षसम्म पुर्‍याउने मात्रै प्रतिक्रिया दिए ।

उनले थप भने, ‘हामीले यो समस्याको समाधान खोज्न आरसीबीसँग बैठक बसेका थियौं । राजस्थानले करिब २०० करोड रुपैयाँ पाएका थिए, तर उसले कुनै पनि रकम नपाएको भनिएको थियो । राजस्थान प्रिमियर लिगको समयमा उसँग धेरै पैसा थियो, तर उसले एमओयु पालना गरेनन् र पैसा जम्मा गरेनन् । त्यसैले हामीले यो कदम चाल्नुपरेको हो ।’

यद्यपि चौधरीले यही रंगशालामा हुने आईपीएल र अन्य खेलहरू आयोजना गर्ने आश्वासन दिएका छन् । चौधरीले भने, ‘यो हाम्रो परिसर हो, हामीले फिर्ता लिएका छौं ।

आठ करोड मात्रै बाँकी रहेको र त्यो कुरा पुरानो भएको उनले बताए । ‘त्यस विषयमा आईपीएल अघि अचानक परिसर सिल गर्नु राजनीतिक कुरूपतालाई देखाउँछ । हामी यस विषयमा विचार गर्नेछौं र कानुनी कारबाही गर्नेछौं ।’ उनले भने ।