• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ ।

ललित राजवंशीले नेपाललाई सफलता दिलाएका हुन् । उनले म्याक्स ओ’डोडलाई आउट पारे । म्याक्स २८ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेदरल्यान्ड्सले १२.१ ओभरमा २ विकेट गुमाएर ७२ रन जोडेको छ ।