२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको क्लीन स्वीप



अ+ अ-

एजेन्सी । अकल्याण्डमा भएको तेस्रो टी–२० खेलमा अष्ट्रेलियाले डकवर्थ लुइस नियमका आधारमा न्युजिल्याण्डलाई २७ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले भ्रमणमा रहेको तीन टी–२० खेलको सिरिजमा क्लीन स्वीप गरेको छ । वर्षाका कारण खेल २० ओभरसम्म पूरा हुन सकेन ।

यस खेलमा न्युजिल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । वर्षाले रोकिएको खेलमा पहिलो खेल १५ ओभरको हुने तय भएको थियो । तर वर्षाका कारण अस्ट्रेलियाले १०.४ ओभर मात्र खेल्न पाएको थियो । जसमा उसले ४ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले ३० बलमा सर्वाधिक ३३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । म्याट स्कटले २७ रनको पारी खेले भने ग्लेन म्याक्सवेलले २० रन जोडे । न्युजिल्याण्डका लागि एडम मिल्ने, बेन सियर्स, मिचेल सान्टनर र जोस क्लार्कसनले समान १–१ विकेट लिए ।

वर्षाका कारण न्युजिल्याण्डलाई १० ओभरमा १२६ रनको लक्ष्य दिइएको थियो । तर, उसले ३ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । यसरी डकवर्थ लुईस नियमको आधारमा यो खेल अष्ट्रेलियाले २७ रनले जितेको हो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले २४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ४० रन बनाए । अस्ट्रेलियाका लागि म्याट स्कट, स्पेन्सर जोन्सन र एडम जाम्पाले १–१ विकेट लिए ।