५ मंसिर २०८१, बुधबार
,
Latest
वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित) काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह स्वीडेन र नेपालबीच दुईपक्षीय कार्बन व्यापार हुने सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै



अ+ अ-

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।