२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-न्युजिल्यान्ड पहिलो टेस्टः ४० रनमा भारतले गुमायो ९औं विकेट



अ+ अ-

एजेन्सी । न्युजिल्याण्ड विरुद्धको बैंगलोर टेस्टको पहिलो इनिङ्समा भारतीय टोली अलआउट हुने कगारमा छ ।

टोलीले ४० रनमा ९ विकेट गुमाएको थियो । कुलदीप यादव र मोहम्मद सिराज क्रिजमा छन् ।

अहिले दोस्रो दिनको दोस्रो सत्र चलिरहेको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका छन् ।

एम चिन्नास्वामी स्टेडियमको उछालपूर्ण पिचको फाइदा उठाउँदै न्युजिल्यान्डका फास्ट बलरहरूले रोहितको निर्णयलाई गलत साबित गरे ।

स्विङ र बाउन्सी पिचमा भारतीय ब्याट्सम्यानले आफ्नो पाइला पाउन सकेनन् । ऋषभ पन्तले सर्वाधिक २० रन बनाए । कप्तान रोहित शर्मा २ रन बनाएर आउट भए । उनलाई टिम साउथीले बोल्ड गरेका थिए ।

केही समय खेलेपछि यशस्वी जैसवाल १३ रनमा आउट भए । रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, सरफराज खान र विराट कोहलीले खाता पनि खोल्न सकेनन् ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिए भने विलियम ओउरकेले ३ विकेट लिए ।