४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका भट्टराई आज बिहान ९ बजेदेखि अस्पतालमा भर्ना भएका हुन् ।

डा. भट्टराई दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडितरहेकाडा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।