४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ : पोखरेल



अ+ अ-

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताउनुभएको छ ।  प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गर्नुभयो । 

“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?”, उहाँले भन्नुभयो “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?”  शक्ति पृथकीकरणको सिद्धान्तलाई आफुँहरुले विश्वास गर्ने जनाउँदै उहाँले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भन्नुभयो । 

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालय सदस्य पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उहाँले प्रश्न गर्नुभयो,  “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उहाँले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गर्नुभयो । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उहाँको भनाइ थियो ।  उहाँले भन्नुभयो, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उहाँले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिनुभयो । रासस