५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद खतिवडाको कटाक्ष: कुचो र क्यामरा बोकेर मन्त्री किराँती मन्त्रालयमा, काम भने कमिसनको चक्करमा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउनु भयो । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्‍यो भनेर हिँडिरहनुभएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो ? कुन अवस्थामा लैजाने हो ? यो बारेमा सोच्नुपर्ने अवस्था आएको छ । ट्विनअटर क्यानडाबाट दुई तीन वटा किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ । तै पनि मन्त्रीज्यु असाध्यै सुधार गर्न लागेको आश्वासन दिँदै हिँड्नुभएको छ । एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेशन गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय । सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभि लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ ।’

सांसद खतिवडाले सरकारले सुशासनको नाममा लार्केल लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताउनु भयो । उहाँले शान्तिका दुतको क्षेत्रमा लक्करमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल