२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान नेपालको  दिगो र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ ।

नेपाल जाइका अल्मनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार यहाँ उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताउनुभयो ।

“मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्”, उहाँले भन्नुभयो । उहाँले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दे राष्ट्रपति पौडेलले जानले ग्रामिण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामिण क्षेत्रमा विस्तार गर्न सुझाव पनि दिनुभयो ।

उहाँले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।