११ माघ २०८१, शुक्रबार
,
Latest
सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो काठमाडौँ उपत्यकाको तापक्रम क्रमश: बढ्दो चिया बेचेरै मासिक ५० हजार आम्दानी एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न नेपाल प्रतिबद्ध: सभामुख देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि



अ+ अ-

काठमाडौँ । सरकारले आजदेखि ७५ जिल्लामा राष्ट्रिय दादुरा—रुबेला खोप अभियान सञ्चालन गर्दैछ । खोप अभियान चैत्त ७ गतेसम्म सञ्चालन हुनेछ ।

रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ । सरकारले सन् २०२६ मा यो रोग निवारण गर्ने लक्ष राखेको छ ।

दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिका र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका रहेका छन् ।

यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ ।

बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।