५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको आसय- ‘ज्वाला फिर्ता गर्नुपरे सरकारबाटै बाहिरिन पनि सक्छौं’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबार बसेको सचिवालय बैठकमा अधिकांशको निसाना बने माधव नेपाल । पार्टी अध्यक्ष नेपाललाई धेरै सचिवालय सदस्यको प्रश्न थियो– बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई किन सरकारबाट फिर्ता नबोलाएको ? अहिले नेकपा एस पनि सरकारमा छ र सोही सरकारको मन्त्रिपरिषदले गत पुसमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको जाँचबुझ आयोग गठन गरेको थियो ।

यसैहप्ता सो आयोगले प्रतिवेदन पनि दियो र सो प्रतिवेदनले मन्त्री प्रकाश ज्वालाकै गल्ती स्पष्ट रुपमा किटानीसाथ देखएको छ । त्यसैले दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनुपर्ने माग सर्वत्र भइरहेका बेला पार्टीको यो बैठकमा पनि माग अएको हो । बैठकमा सहभागि अधिकांस केन्द्रीय सदस्यहरुले उक्त प्रतिवेदनका कारण समग्र क्षेत्रमा पार्टीको बदनाम भइरहेकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनु पर्ने अध्यक्ष नेपालसँग माग गरेका थिए ।

केन्द्रीय सदस्यहरुले मन्त्री ज्वालालाई फिर्ता बोलाउनु पर्ने भन्दै अध्यक्ष नेपाललाई दबाब दिएपछि अध्यक्ष नेपालले भने कुनै जवाफ दिएका थिएनन् । यो देख्दा लाग्थ्यो उनी प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने पक्षमा छैनन्, एक केन्द्रीय सदस्यले बताए । तर उनीमाथि प्रश्नको बर्षा रोकिएन ।

सचिवालय सदस्यहरुले यसरी नेपाललाई यसरी सुझाएका थिए– सचिवालय सदस्यहरुले नेकपा एस नयाँ बनेको पार्टी हो । अहिले नै नैतिकताको अभाव कहीँ कतैबाट पनि पार्टीमा देखिनुहुन्न । हामी नयाँ भएकाले पनि संगठन निर्माण गर्नुपर्ने अवस्था छ । जनताको मन जित्नुपर्नेछ । उता विपक्षी दल र विशेष गरी एमाले अध्यक्ष ओली हामीमाथि खनिएका छन् । जनताले पनि सडकबाट निर्दाेष युवाको ज्यान लिने मन्त्रीले राजीनामा दिनुपर्छ भनेर माग चर्काएका छन् । यस्तो अवस्थामा कुनै एकजना मन्त्रीका कारण पार्टीलाई नै बद्नामित गर्नु हुँदैन । प्रकाशजीलाई सरकारबाट फिर्ता बोलाउनुपर्यो । ती सदस्यले भने “मन्त्री ज्वालाकै कारण पार्टीको बदनाम भएको र ज्वालाई मन्त्रीबाट फिर्ता बोलाउने केन्द्रीय सदस्यहरुले माग गरेपछि अध्यक्ष माधव ज्यू केही बोल्नुभएन । तर धेरैपछि अर्थात् बैठकको अन्त्यतिर उहाँले भन्नुभयो, ल ठिक छ, कि प्रकाशजीलाई फिर्ता बोलाउँला नत्र हामी सरकारबाट नै बाहिरीन पनि सक्छौँ ।”

त्यसपछि भने बैठकमा सन्नाटा छायो । अध्यक्ष नेपालले सरकारबाट बाहिरीन्छौँ भनेपछि अहिले पार्टीमा उक्त विषयमा निकै चर्चा परिचर्चा सुरु भएको बताइएको छ । एकजना दोषी देखिएका मन्त्रीलाई फिर्ता बोलाउनुको सट्टा सरकारबाट नै बाहिरीन्छौँ भन्नु जायज हो वा के हो ? चर्चा यही विषयमा छ । केही सदस्यले छानविन आयोगले दोषी देखाएको व्यक्तिलाई पार्टीले फिर्ता बोलाउनुको सट्टा अध्यक्ष नेपालले सरकारबाटै बाहिरीन्छौँ भन्नु प्रकाश ज्वालालाई फिर्ता बोलाउन नचाहनु हो भनेका छन् ।

त्यस्तै अर्का सदस्यले भने– यो त उहाँले पार्टीका अरु सदस्यहरुलाई पनि धम्की दिनुभएको हो । सरकारबाट पार्टी नै फिर्ता हुने भएपछि कसैले केही नपाउने हुनाले अरु सदस्यमाथि पनि दबाब सिर्जना गर्न उहाँले त्यसो भन्नुभएको हुनसक्छ– ती सदस्यले भने । सो पार्टीमा मन्त्रीको लाइनमा रहेका व्यक्तिलाई तैँचुप मैचुप गराउन तथा प्रकाश ज्वालालाई फिर्ता नबोलाउने कामको दबाब सिर्जना गर्न उनले यो रणनीति बनाएको धेरैको बुझाई छ ।

यता प्रधानमन्त्री प्रचण्डले पनि माधव नेपाललाई दबाब दिएका छन् । प्रधानमन्त्रीले प्रकाशजीका कारण सरकार नै बदनाम भयो, मैले सबैको गाली खानुपरिरहेको छ । त्यसैले उहाँलाई फिर्ता लगेर अर्काे मन्त्री दिनुपर्यो । तर पनि माधव नेपालले भने टेरेका छैनन् । उनले प्रचण्डलाई पनि कुनै ठोस जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ ।