१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण (भिडियो सहित)

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताउनु भयो । उहाँले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिनु भयो ।

नेता पोख्रेलले भन्नुभयो, ‘आईसीयू बेड वितरण हामीले सरकारी अस्पताल र सामुदायिक अस्पताललाई हस्तान्तरण गरेका हौँ । अन्यत्र प्राइवेटमा नदिने भनेर प्राइवेट मुनाफा बोकेको मुनाफामुखी हुन् । सरकारी र सामुदायिक अस्पतालमा वितरण गर्ने भनेर हामीले यो कुरा गरेका हौँ । त्यसैले पहिलो हाम्रो प्राथमिकता वीर अस्पताल नै थियो जनताको । हामीले हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ । हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ । यो मौलिक अधिकार हो, फन्डामेण्टल राइट हो । पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता अन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ ।’

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताउनु भयो । उहाँले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने बताउनु भयो ।

डा। बस्नेतले भन्नुभयो, ‘अहिले दुई तीन वटा आईसीयू त अलरेडि फङ्सनिङ छ । हामीलाई एउटा आईसीयूको लागि एफएचआइयूएसएडले ५० वटा बेड भेन्टिलेटरसहित सम्पूर्ण सामान दिएको छ । सूर्य नेपालले १०० वटा बेड दिएको छ । एफएचआईले नै १०० बेड अर्को थपेको छ । यहाँहरुले आज ३० वटा आईसीयू बेड दिनुभएको छ । एउटा आईसीयू खालि हामी त्यसमा राखेर आजैबाट सेवा शुरु गर्नेछौँ । यो सबैको सहयोगले गर्दा तेस्रो लहरमा कोरोनाका बिरामीहरु आज पनि १६०÷१७० जना बिरामीहरु हुनुहुन्छ । सबैको उपचार सहज रुपले भएको छ । आज अक्सिजन, बेड, भेन्टिलेटर पाइएन भन्ने नै छैन ।’

डा. बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताउनु भयो ।