• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्यो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्थापना हुने भएकोले ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्न मजदूर संगठनलाई आग्रह गर्नुभएको छ ।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको ‘२० औं मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनैतिक गतिविधि बढाउन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक न्याय सहितको नयाँ युगको लागि पुनस्थापित प्रतिनिधि सभाले काम गर्ने पनि बताउनुभयो । केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा देशका सबै जनता खडा भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ र देशभरी जनता सबै आम रुपमा नै यो विघटन गलत छ भन्नेमा खडा भइनै सकेको छ । यसको साथसाथै देशका तमाम बुद्धिजीविहरु, साहित्यकार, कवि, कलाकार, पत्रकारहरु, संविधानविद्, कानूनविद्हरु सबै यो विघटनको विरुद्ध छन र मलाई विश्वास छ भोलि, पर्सि या निकपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ र संसद पुनस्थापित हुनेछ । र हामी त्यहीबाट नयाँ कानून बनाउने, जनताको हक अधिकार स्थापीत गर्ने, मजदुर किसानका मौलिक अधिकार संविधानमा लेखिएको छ तर केपी ओली नेतृत्वको सरकारले लागू गरेको छैन । हामी त्यसलाई लागू गर्ने छौं र देशमा समाजवाद, समाजिक न्यायको नयाँ युगको सुरुवात हामी अगाडि बढाउने छौं ।’

अध्यक्ष प्रचण्डले अदालतमा बहस सिद्धिएपछि अहिले हेर्दाहेर्दैमा रहेको र कुनैपनि बेला संविधान र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिने र संसद पुनस्थापना हुने विश्वास समेत व्यक्त गर्नुभयो । संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिने समेत बताउनुभयो ।