२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्वेबारे रोचक तथ्यहरु, जहाँ रात हुँदैन !



अ+ अ-

एजेन्सी । आज हामी चर्चा गर्दैछौं युरोपको सुन्दर राष्ट्र नर्वेको बारेमा । यस देशलाई ‘प्लेस अफ प्याराडाइस’ पनि भन्ने गरिन्छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि लाखौं पर्यटकहरु वर्षेनी आउने गर्छन् । यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन । सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।

तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो । क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा आउँछ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।

नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ । जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन । नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ । यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।

नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ । यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ । यसै घटनालाई नियाल्न लाखौं पर्यटकहरु नर्वे पुग्दछन् ।

यस देशमा ठूला झरनाहरु पनि रहेका छन् । विश्वको सबैभन्दा लामो सुरुङ (२४ किलोमिटर) पनि यसै देशमा रहेको छ ।