२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तनहुँकाे ब्यासमा कृत्रिम तालको बाँध निर्माण थालियो

तनहुँकाे ब्यासमा कृत्रिम तालको बाँध निर्माण थालियो
अ अ+ अ-

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो ।

व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कृत्रिम ताल सिचाइँ, मस्त्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ ।

ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत रु दश लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ । ताल निर्माणका लागि जिएस निर्माण सेवासँग रु एक करोड ८४ लाखमा आव २०७९/८० असारमा ठेक्का सम्झौता भएको इन्जिनियर जगन्नाथ चापागाईले जानकारी दिनुभयो ।

इन्जिनियर जगन्नाथ चापागाईले उहाँले भन्नुभयो, “सम्झौताअनुसार एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सर्भेका कारण ढिलाइ भयो । भर्खर मात्र ताल निर्माणका लागि कटिङको काम सुरु गरेका छौँ”, उहाँले बताउनुभयो ।

उहाँका अनुसार आव २०८०/८१ को असार मसान्तमा कृत्रिम ताल निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले ताल निर्माणका लागि करिब २५ रोपनी जग्गा अधिग्रहण गरेको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ताल निर्माणका लागि दुम्सीचौर क्षेत्रका २० परिवारको जग्गा अधिग्रहण गरिएको छ । सो वापत उनीहरुलाई रु एक करोड ३७ लाख ६० हजार वितरण गरिएको छ ।

उपभोक्ताको २५ र ऐलानी जग्गा करिब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न गरिनेछ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजना बनाइएको छ । उक्त स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गा बाराही मन्दिर जोड्ने लक्ष्य छ ।

व्यास मार्ग हुँदै पर्यटक छाङ्गा बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा घरबास ९होमस्टे०मा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । यहाँबाट बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हँुदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाकलगायतका संरचना निर्माण गरिनेछ । नारेश्वर खोलाको पानी थुनेर ताल निर्माण गरिनेछ । तालको तीन सय मिटर लम्बाई र चौडाई ४० देखि ७० मिटर रहने छ । तालको गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटर हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर चापागाईले बताउनुभयो ।

तालमा ३० हजार घनमिटरसम्म पानी संकलन गर्न सकिनेछ । स्थानीय पदम दरैले ताल निर्माण भएपछि पर्यटकको आगमन बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ताल निर्माणले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्नेछ ।” स्थानीयलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ ताल निर्माण थालिएको हो ।  रासस