२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित, कार्यसमितिमा को–को ?



अ+ अ-

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन् । उनले वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुंगानाले २ सय ८७, पाण्डेले २ सय १८ र जोशीले ६३ मत प्राप्त गरे । कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ ।

उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही १ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दलबहादुर बिष्टले पाँत मत कम अर्थात १ सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १ सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याए ।

यसैगरी सचिवमा पनि पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २ सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १ सय ६८ मत पाए । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १ सय ४७ मत प्राप्त गरे । विश्वकर्मा दुर्गा प्रसाद जोशी प्यानलबाट चुनाव लडेका थिए ।

यस्तै उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट २ सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १ सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १ सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए ।