९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूतिगृहबाट चोरी भएको शिशु काँडाघारीमा फेला



अ+ अ-

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ । बच्चा लिएर जाने महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु चोरी भएको थियो । ती शिशुलाई एक महिलाले लिएको गएको सीसीटीभीमा देखिएको थियो । त्यसैका आधारमा प्रहरीले खाजी गरेको थियो । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिए पनि नाम सार्वजनिक गरेको छैन । शिशु लैजानुको कारण पनि खुलेको छैन ।

सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्म दिएको २६ दिनको शिशु लिएर गएको देखिएको थियो ।