• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

प्रसूतिगृहबाट चोरी भएको शिशु काँडाघारीमा फेला



काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ । बच्चा लिएर जाने महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु चोरी भएको थियो । ती शिशुलाई एक महिलाले लिएको गएको सीसीटीभीमा देखिएको थियो । त्यसैका आधारमा प्रहरीले खाजी गरेको थियो । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिए पनि नाम सार्वजनिक गरेको छैन । शिशु लैजानुको कारण पनि खुलेको छैन ।

सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्म दिएको २६ दिनको शिशु लिएर गएको देखिएको थियो ।