६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दु राष्ट्रको मुद्दालाई आत्मसात नगरे पार्टीलाई क्षति पुग्छ: सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताउनुभएको हो ।

उहाँले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताउनु भयो । उहाँले बहुमत महासमिति सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भएपनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताउनु भयो । उहाँले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सनातनीरुको मुल मन्दिरको रुपमा रहेको देश यसलाई आत्मसात नगर्नु दुर्भाग्य हो । त्यसकारण काँग्रेस जस्तो राष्ट्रियताको विचार बोकेको पार्टीले यो विषयलाई हिजो गल्ती गर्‍यौँ अब सच्याएर आत्मसात गर्दै लोकतन्त्रवादी पार्टी, राष्ट्रवादी पार्टीले यो विषयलाई आत्मसात् गरौँ । यो विषयलाई लिएर जनताको जाऔँ भन्ने हाम्रो कुरा हो । काँग्रेसको विधानमा भएको व्यवस्था अनुसार हाम्रो पार्टीको आन्तरिक संरचनामा केन्द्रिय कार्यसमिति भन्दापनि माथि महासमिति हुन्छ । केन्द्रिय कार्यसमितिको निर्णयभन्दा माथि महासमितिका निर्णय हुन्छन् । यो पार्टीको वैधानिक व्यवस्था हो । तेत्रो ठूलो उच्च निकायको बैठकमा उपस्थित संख्या भन्दा धेरै ठूलो प्रतिशतमा महासमितिका नेता साथीहरुले लिखित रुपमा पूर्ण प्रतिवद्धतासहित यो विषयलाई समर्थन गर्नुभएको अवस्था छ । हाम्रो पार्टी लोकतन्त्रवादी पार्टी हो । लोकतन्त्र भनेको जनमतको कदर गर्नु हो । सम्मान गर्नु हो । अर्थात बहुमतको पालना गर्नु हो । लिखित रुपमा महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरिसकेपछि हाम्रो नेतृत्वले अझैपनि यो कुरालाई आत्मासात् गरेर खुला रुपमा आत्मसात गरिरहेको त्यो कुरालाई स्वीकारीरहेको अवस्था छैन । तर यसले पार्टीलाई क्षति पुग्छ ।’

उहाँले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरुले देशको स्वधर्मलाई अवलम्वन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताउनु भयो । राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उहाँले बताउनु भयो ।