१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बागमती प्रदेश लोकसेवा आयोगको सूचना पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने काम– एसोसिएसन

बागमती प्रदेश लोकसेवा आयोगको सूचना पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने काम– एसोसिएसन
अ अ+ अ-

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनले बागमती प्रदेश लोकसेवा आयोग हेटौँडाद्वारा यही माघ १० गते नेपाल कृषि सेवा भेटेरिनरी समूहको स्थायी पदपूर्तिका लागि प्रकाशित सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका अनुसार आयोगले प्रदेशका विभिन्न सात वटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह “पशु चिकित्सक” अधिकृत छैठौँ तहको पदपूर्तिका निम्ती एक तह माथिका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी “पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि” सूचना प्रकाशित गरेको छ ।

साविकमा सङ्घीय संरचनाको राजपत्र अनङ्कित प्रथम श्रेणीमा कम्तिमा पाँच वर्ष कार्यरत योग्यता पुगेका प्राविधिक कर्मचारीलाई समायोजन गराउने क्रममा प्रोत्साहनस्वरुप एक तह बढुवा गराई स्थानीय तहमा खटाई पठाउने विशेष प्रयोजनका लागि ‘कर्मचारी समायोजन ऐन, २०७५ झ को दफा ७ अन्तर्गत सिर्जना गरिएका छैठौँ तहका उक्त पदहरु माथिल्लो तहको योग्यता राखेर खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने एसोसिएनले आज एक विज्ञप्ति जारी गरेको बताएको छ ।

एसोसिएसनका अध्यक्ष शीतलकाज श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा ती पदलाई कम्तिमा सातौँ तह कायम गरी योग्यता सच्चाउन एशोसिएसनले अनुरोध गर्नुभएको छ । “सम्मानित सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा समेत यस वर्ष पनि आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी पटक पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । साथै एसोसिएसनले बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकार बिरुद् कडा भन्दा कडा सङघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुने बताएको छ ।