२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली र अनुष्का शर्माका छोरा ‘अकाय’ ले बेलायतको नागरिकता पाउँछन् ?



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको परिवार अहिले झनै ठूलो भएको छ । हालै १५ फेब्रुअरीमा अनुष्का शर्माले छोरालाई जन्म दिएकी थिइन्, जसको खुशी जोडीले २१ फेब्रुअरीमा सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै फ्यानसँग बाँडेकी हुन् । अनुष्का–विराटले छोराको नाम ‘अकाय’ राखेका छन् ।

अनुष्का शर्माको गर्भावस्थाको खबर लामो समयदेखि आइरहेको थियो तर यो जोडीले आफैंले यसबारे आधिकारिक जानकारी दिएका छैनन् । अनुष्का शर्माले आफ्नो छोरालाई भारतमा नभई लण्डनमा जन्म दिएकी हुन् ।

यस्तो अवस्थामा सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यो जोडीलाई बेलायती नागरिकताका कारण लण्डनमा ‘अकाय’लाई जन्माएको र जन्मपछि बेलायती नागरिक भनिने भन्दै ट्रोल गरिरहेका छन् ।

स्पोर्टस टकका रिपोर्टका अनुसार अनुष्का शर्मा र विराट कोहलीका छोरा अकायको जन्म बेलायतमा भएको हुनसक्छ, तर त्यही देशमा मात्र जन्मेर त्यहाँको नागरिकता दिइँदैन । यसमा यो पनि दाबी गरिएको छ कि बेलायती नागरिकता प्राप्त गर्नका लागि बाबुआमा दुई मध्ये एक बेलायती नागरिक हुनुपर्ने वा उनीहरु मध्ये एक लामो समयदेखि त्यहाँ बसोबास गरेको हुनुपर्ने शर्त राखिएको छ ।

अनुष्का र विराट दुवै भारतका नागरिक भएकाले ‘अकाय’ले बेलायती नागरिकता नपाउन सक्छन् । यस रिपोर्टमा यो पनि भनिएको छ कि उनका बाबुआमाको बेलायतमा सम्पत्ति छ, यस्तो अवस्थामा ‘अकाय’सँग बेलायतको राहदानी हुनेछ, तर उनलाई भारतीय नागरिक भनिनेछ ।

अनुष्का शर्मा र विराट कोहलीले तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । अनुष्का शर्मा विराट कोहलीको खेल हेर्न स्टेडियम पुगेपछि उनीहरुको अफेयरको खबर बाहिर आएको थियो ।

दुवैले इटालीमा डिसेम्बर ११, २०१८ मा परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । अनुष्का–विराटले सन् २०२१ को जनवरी ११ मा छोरी ‘वामिका’ लाई स्वागत गरेका थिए ।

 




भर्खरै