२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली र अनुष्का शर्माका छोरा ‘अकाय’ ले बेलायतको नागरिकता पाउँछन् ?



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको परिवार अहिले झनै ठूलो भएको छ । हालै १५ फेब्रुअरीमा अनुष्का शर्माले छोरालाई जन्म दिएकी थिइन्, जसको खुशी जोडीले २१ फेब्रुअरीमा सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै फ्यानसँग बाँडेकी हुन् । अनुष्का–विराटले छोराको नाम ‘अकाय’ राखेका छन् ।

अनुष्का शर्माको गर्भावस्थाको खबर लामो समयदेखि आइरहेको थियो तर यो जोडीले आफैंले यसबारे आधिकारिक जानकारी दिएका छैनन् । अनुष्का शर्माले आफ्नो छोरालाई भारतमा नभई लण्डनमा जन्म दिएकी हुन् ।

यस्तो अवस्थामा सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यो जोडीलाई बेलायती नागरिकताका कारण लण्डनमा ‘अकाय’लाई जन्माएको र जन्मपछि बेलायती नागरिक भनिने भन्दै ट्रोल गरिरहेका छन् ।

स्पोर्टस टकका रिपोर्टका अनुसार अनुष्का शर्मा र विराट कोहलीका छोरा अकायको जन्म बेलायतमा भएको हुनसक्छ, तर त्यही देशमा मात्र जन्मेर त्यहाँको नागरिकता दिइँदैन । यसमा यो पनि दाबी गरिएको छ कि बेलायती नागरिकता प्राप्त गर्नका लागि बाबुआमा दुई मध्ये एक बेलायती नागरिक हुनुपर्ने वा उनीहरु मध्ये एक लामो समयदेखि त्यहाँ बसोबास गरेको हुनुपर्ने शर्त राखिएको छ ।

अनुष्का र विराट दुवै भारतका नागरिक भएकाले ‘अकाय’ले बेलायती नागरिकता नपाउन सक्छन् । यस रिपोर्टमा यो पनि भनिएको छ कि उनका बाबुआमाको बेलायतमा सम्पत्ति छ, यस्तो अवस्थामा ‘अकाय’सँग बेलायतको राहदानी हुनेछ, तर उनलाई भारतीय नागरिक भनिनेछ ।

अनुष्का शर्मा र विराट कोहलीले तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । अनुष्का शर्मा विराट कोहलीको खेल हेर्न स्टेडियम पुगेपछि उनीहरुको अफेयरको खबर बाहिर आएको थियो ।

दुवैले इटालीमा डिसेम्बर ११, २०१८ मा परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । अनुष्का–विराटले सन् २०२१ को जनवरी ११ मा छोरी ‘वामिका’ लाई स्वागत गरेका थिए ।