२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछ: मुख्यमन्त्री जम्कट्टेल



अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको बताउनु भयो । उहाँले माओवादीको क्रान्ती अझैपनि जारी रहेको बताउनु भयो । उहाँले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा हामी क्रान्तिकारी हाँै । हाम्रो क्रान्तिको कार्यदिशा बदलिएको हो । सम्माननीय प्रधानमन्त्रीज्यु, आदरणीय पार्टी अध्यक्ष उहाँको अगाडि मैले बुझेको उहाँले क्रान्ति छोड्नुभएको छैन । क्रान्तिको कार्यदिशा बदलिएको छ । क्रान्ति जारी छ । हामी उहाँको नेतृत्वमा १० वर्षको महान जनयुद्ध भयो, त्यसले यो राज्य व्यवस्था परिवर्तन गरेको छ । बाँकी कार्यभार अब हामी समाजवादमा पुग्नुछ । हामी श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्छौं । मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै हो ।’

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल