१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआरसी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ति महान शहीद र बेपत्ता योद्धाहरुलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरुको नाममा, उनीहरुको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छाँै । धेरैलाई थाहा होला । त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ । सदनमा प्रश्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ । त्यहाँबाट मिति तोकिन्छ । ५ दिन भित्रमा समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुन: मनाइने र बिदा दिइने दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राज्यले राष्ट्रिय शहीको सम्मान दिइसकेपछि र अब जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा राज्यको तर्फबाट घोषणा मैले गरेको थिएँ । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस र बिदा भनेर लेखिएको छ । तर अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको भएर यो दिवस गर्दा भनेको छ । अदालतको भनाइलाई कमेण्ट गरेको छैनौँ । म प्रधानमन्त्री भएकाले कमेण्ट गर्न अफ्ठ्यारो हुन्छ । हामीले त जनयुद्ध दिवस त मनायौँ । संक्रमणकालीन न्याय टुंगिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ ।’

प्रधानमन्त्री दाहालले अदालतले बिदा नदिएपनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताउनु भयो ।




भर्खरै