२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश लेखकको प्रश्ताव: संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाऊँ



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पुर्‍याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गर्नुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकमा उहाँले पीडित, नागरिक समाज र सञ्चार माध्यामको दवावलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रश्ताव गर्नुभएको हो ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकि रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा अव ढिलाई गर्न नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘यो पीडितहरुको पनि पीडाको पनि विषय छ । त्यसकारण म आज बडो गम्भिरतापूर्वक एउटा आग्रह गर्न चाहन्छु । अब एक काम के गरौैँ भने यो संक्रपमणकालिन न्यायका बारेमा एउटा तिथिमिति तोकिदिउ । कति हुन्छ, कहिले हुन्छ ? एउटा तिथि तोकौं । त्यो मितिमा अहिलेसम्म हामीले जे जति छलफल भएँ, हामीले जे जति कामहरु गर्‍यौै, ती कामहरुका आधारमा हाम्रो सहमती हुन सक्ने कुरालाई अझै बल गरौं त्यो मितिसम्म । र, सहमती नै गरौं त्यो दिनसम्म । त्यो दिन पनि बसेर सहमती गरौं । मलाई लाग्छ–धेरै कुरामा असहमती हुने कुरा देख्दिन म । १/२ कुरामा हाम्रा बीचमा सहमति हुँदैन भने पनि अब हामीले पार्लियामेन्ट्री प्रोसेसलाई अगाडि बढाउनुको विकल्प देखिराखेको छैन मैले । त्यसो भएको हुनाले मैले आज अनुरोध गरेँ–एउटा मिति तोकौं । त्यो मिति आज ११ गते हो ।’

‘त्यो मिति १५ गते पनि हुन सक्छ । अलि बढि चाहियो भने पनि १८, १९ गते भन्दा उता नजाने गरी मिति तोकौैं । यो एक हप्ता, ४ दिन, छ दिन जति हुन्छ । फेरि सहमतिको बल गरौं । र एक दिन बसेर अन्तिम सहमतिको प्रयास गरौं । एउटा, दुईवटा कुरामा सहमति गर्न बाँकि रह्यो भने त्यसलाई पूर्ण हाउसको प्रक्रियामा पठाई दिउँ । यसलाई हाउसमा पठाई दिउँ । हाउसमा पनि हाम्रो बीचमा छलफलको ठाउँ त रहन्छ नि । केही कुरा ती पनि छलफल गर्न सकिन्छ । एकदमै ढिला भयो । पीडितहरुले पनि प्रायजसो अव बैठकहरु गरेर यो ढिलो भयो । अव चाँडो ल्याउ, होइन भने आन्दोलन गर्छौं भनिराखेको स्थिति छ । सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा लिइराखेको छैन । आम नागरिक समाज, आम नागरिकहरुको बीचमा पनि यो आयोचनाको विषय हुन थाल्यो । त्यसो भएको हुनाले अव यसलाई सहमति गरौैं, भएन भने प्रक्रियामा लगेर भएपनि कुनै एउटा मिति तोकेर यसलाई टुंग्याइदिउँ भन्ने मेरो गम्भिरतापूर्वक आग्रह छ । आजै एउटा मिति तोकेर संक्रमणकालिन न्याय टुंग्याइदिऊँ भन्ने आग्रह छ ।’

प्रमुख सचेतक लेखकले पीडितको पीडालाई सम्बोधन गर्न पनि सो विधेयक संसदीय समितिले टुंगोमा पुर्‍याउन ढिलाई गर्न नहुने बताउनु भयो ।