२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–चीन मिलेर अमेरिकालाई अन्तरिक्षमा पनि घेराबन्दी



अ+ अ-

बेइजिङ । अब देशहरू बीच अन्तरिक्षको दौड चन्द्रमामा पाइला राख्नेमा मात्र सीमित रहेन। अहिले सबैको नजर अन्तरिक्षमा निर्माण कार्यमा छ ।

अहिले अमेरिका र चीनबीच ठूलो प्रतिस्पर्धा देखिएको छ । चीनले सन् २०३५ सम्ममा चन्द्रमामा अनुसन्धान केन्द्र निर्माण गर्न रुससँग सहकार्य गर्ने र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको लुनार गेटवेसँग प्रतिस्पर्धा गर्ने पुष्टि गरेको छ ।

चीनको अन्तरिक्ष एजेन्सी चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) का अधिकारीहरूले शुक्रबार अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्र (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरेका छन्।

सीएनएसएका उपनिर्देशक वु यानहुआले बेइजिङमा एक मिडिया ब्रिफिङमा रूस र चीनले सन् २०३५ सम्म आईएलआरएसका लागि पूर्वाधार निर्माण पूरा गर्ने लक्ष्य राखेका छन्।

आईएलआरएसले नासाको लुनार गेटवेसँग प्रतिस्पर्धा गर्नेछ । लुनार गेटवे अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी आर्टेमिस कार्यक्रममा ‘महत्वपूर्ण’ भूमिका खेल्न तयार छ।

यद्यपि नासाको लुनार गेटवेले मात्र चन्द्रमाको परिक्रमा गर्नेछ । आईएलआरएसले चन्द्रमाको सतहमा अर्बिटरका साथै धेरै खोजी रोभरहरू समावेश गर्नेछ।

ब्लूमबर्गक्विन्ट रिपोर्टअनुसार रुस र चीनको अर्को लक्ष्य चन्द्रमामा ऊर्जा, सञ्चार र जीवन–सहायक प्रणालीसहित पूर्वाधार निर्माण गर्नु पनि हो । 

आईएलआरएस परियोजनाको ढोका अन्य देशहरूमा पनि खुला छ। वूले भने, “हामी अन्तर्राष्ट्रिय साझेदारहरूको व्यापक सहभागितालाई स्वागत गर्दछौँ।” 

रुस र चीनका अधिकारीहरूले मार्च २०२१ मा समझदारी पत्रमा हस्ताक्षर गरेपछि यो परियोजना सुरु भएको हो।

यसअघि रुसले नासाको गेटवे कार्यक्रममा सामेल हुने इच्छा व्यक्त गरेको थियो ।

सन् २०१७ सेप्टेम्बर २७ मा रूसको अन्तरिक्ष एजेन्सी रोसकसमस र नासालेले पनि अनौपचारिक विज्ञप्ति जारी गरेका थिए। तर रुसले जनवरी २०२१ मा गेटवे कार्यक्रममा सामेल नहुने घोषणा गर्‍यो।