• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

काठमाडौ महानगरभित्र प्लाष्टिकका फूलको प्रयोगमा प्रतिबन्ध



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको जनाएो छ । काठमाडौँ महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि महानगरपालिकाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउन हाम्रो दायित्व हो । व्यवस्थापन गर्नु पर्ने क्षेत्रको सुक्ष्म निगरानी गरिरहेका छौँ ।’ यस प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘अनुरोधलाई अटेर गरेर प्लाष्टिकका फूलको प्रयोग भेटिए कारवाही गर्छौँ ।’

प्लाष्टिकजन्य बस्तुका कारण सिर्जित फोहोर घटाउन तथा वातावरणमा हुने ह्रास जोगाउन प्लाष्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, विक्री र प्रयोगमा रोक लगाइएको छ ।

सामान्यतया: ४० माइक्रोनभन्दा पातला झोला पुन:प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ ।