• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर



काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी डानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका छन् ।

स्पेनिस अदालतले बार्सिलोनाका पूर्व खेलाडी तथा ब्राजिली फुटबलर आल्भेस बार्सिलोनाको नाईट क्लबमा भएको बलात्कार मुद्धामा दोषी ठहर गरेको हो ।

अदालतले आल्भेसलाई साँढे ४ वर्षका लागि जेल सजाय तोकेको छ । साथै, अदालतले पीडितलाई एक लाख पचास हजार यूरो तिर्न पनि आदेश दिएको छ ।

४० वर्षका विश्व स्तरीय डिफेन्डर आल्भेसमाथि सन् २०२२ को डिसेम्बरमा बलात्कारको आरोप लागेको थियो । उनले भने आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन् ।

२० वर्षभन्दा लामो करियरमा आल्भेसले बार्सिलोना, युभेन्टस र पीएसजी लगायतका एलिट क्लबहरूबाट प्रमुख उपाधि जितेका थिए। उनले ब्राजिललाई ३८ वर्षको उमेरमा दुई कोपा अमेरिका र एक ओलम्पिक स्वर्ण पदक जिताउन पनि मद्दत गरेका थिए।