• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सुर्खेतमा हुने भनिएको ओली समूहको आमसभा स्थगित



सुर्खेत । ओली समूहले शुक्रबार सुर्खेतमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयसंगै ओली समूहको आमसभा स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नै आमसभालाई सम्बोधन गर्न  सुर्खेत आउने तालिका थियो। विशेष राजनीतिक परिस्थितिका कारण सुर्खेतमा गर्ने भनिएको आमसभा स्थगित भएको गरिएको हो । 

वीरेन्द्रनगरमा गर्ने भनिएको आमसभाका लागि मंगलबारसम्म वीरेन्द्रनगर नगरपालिका र दलले आ(आफ्नो तर्फबाट तयारी गरिरहेका थिए।