१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न प्रमुख सचेतक शाहीको सुझाव

प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न प्रमुख सचेतक शाहीको सुझाव
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा नीजि बनाइएको बताउनु भयो । उहाँले निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने उहाँको भनाई छ । निर्णय गर्नेलाई उन्मुक्ति दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उहाँले बताउनु भयो । यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने उहाँको तर्क छ । उहाँले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो । बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदी हत्या हो भने हत्यारा आदेश दिन गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? यदि हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन । प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरेँ भन्नुहुन्छ । तर सम्मानित अदालतले पक्राउ पुर्जि जारी गरेर मान्छे मारेको, हत्यको केसहरुमा पक्राउ पुर्जि जारी गरेका मान्छेहरु प्रधानमन्त्रीसँग चिया खाइरहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालतभन्दा ठूलो हो ? ललिता निवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को निर्णय गर्ने तत्कालिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्री परिषद्को निर्णय गरेका उनीहरु उन्मुक्ति पाउने अनि व्यापारीलाई ब्ल्याकमेलका लागि पक्राउ गर्ने ? यो कानूनी राज्य हुन सक्दैन ।’

उहाँले देश झनझन गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा कुनै भिजन नभएको भन्दै राजीनामा दिएर घर बस्न सुझाव दिनुभयो । उहाँले संसदीय व्यवस्था असफल भएको भन्दै यसको बारेमा सोच्ने बेला भइसकेको बताउनु भयो ।