१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा कस्ता निर्णय हुँदैछन् ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा आज विभिन्न निर्णय गर्दै छ ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले विभिन्न सुझाव समेटेर पार्टीले आगामी दिनमा लिने रणनीतिबारे निर्णय लिने छ ।

बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, संगठन र जनपरिचालन सम्बन्धीलगायत प्रस्तावमा नौ समूहभित्र छलफल भएको थियो । यी प्रस्तावमा आएका धारणा समेटेर निर्णय लिइने छ ।

छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, सदस्यता वितरणमा निश्चित योग्यता हेर्नुपर्नेलगायतका सुझाव दिएका छन् । यसैगरी केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले महँगी र बेरोजगारी बढाएको आरोप उनीहरुको छ । केन्द्रीय सदस्यहरुले युवाको विदेश पलायनलगायतमा मुद्दासमेत उठान गरेर जनपरिचलान गर्नुपर्ने सुझाव दिएका छन् ।

समाजमा बढ्दो निरासा र सामाजिक अराजकतालगायत जनसरोकारका विषयलाई एमालेले सम्बोधन गर्न पहल गर्नुपर्ने सुझाव नेतारुले दिएका छन् । आजको बैठकमा समूहका टोली नेताहरुले सुझावको साथ प्रस्तुत गर्नेछन् ।