२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा कस्ता निर्णय हुँदैछन् ?

कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा कस्ता निर्णय हुँदैछन् ?
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा आज विभिन्न निर्णय गर्दै छ ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले विभिन्न सुझाव समेटेर पार्टीले आगामी दिनमा लिने रणनीतिबारे निर्णय लिने छ ।

बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, संगठन र जनपरिचालन सम्बन्धीलगायत प्रस्तावमा नौ समूहभित्र छलफल भएको थियो । यी प्रस्तावमा आएका धारणा समेटेर निर्णय लिइने छ ।

छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, सदस्यता वितरणमा निश्चित योग्यता हेर्नुपर्नेलगायतका सुझाव दिएका छन् । यसैगरी केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले महँगी र बेरोजगारी बढाएको आरोप उनीहरुको छ । केन्द्रीय सदस्यहरुले युवाको विदेश पलायनलगायतमा मुद्दासमेत उठान गरेर जनपरिचलान गर्नुपर्ने सुझाव दिएका छन् ।

समाजमा बढ्दो निरासा र सामाजिक अराजकतालगायत जनसरोकारका विषयलाई एमालेले सम्बोधन गर्न पहल गर्नुपर्ने सुझाव नेतारुले दिएका छन् । आजको बैठकमा समूहका टोली नेताहरुले सुझावको साथ प्रस्तुत गर्नेछन् ।