• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

काठमाडौँ महानगरपालिकामा फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान



काठमाडौँ : काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो । फागुन १६ गतेदेखि १९ वटा वडाहरु ( वडा नं. १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) र फागुन २० गतेदेखि १३ वटा वडाहरु (४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२) मा खोप कार्यक्रम चल्नेछ । खोपमा रुवेला दादुरासँगै नियमित खोप पनि प्रदान गरिनेछ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) ले, ९ महिनामाथि र ५ बर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । यिनीहरुलाई रुवेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ ।

यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन् । यस्तै ५ बर्षमाथि १५ बर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई रुवेला दादुराको खोप दिइनेछ ।