• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

कांग्रेस केन्द्रीय सदस्य गणेश लामा र सहदेव कक्षपतीमाथि व्यक्ति अपहरणको आरोप, व्यवसायी ज्ञानेन्द्र खड्काले दिए उजुरी



काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर करोडौंको फिरौती रकमबापत कागज गराएको भन्दै सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

खड्काले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै खड्काले गणेश लामा र सहदेव कक्षपतीलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौतीस्वरुप करोडौं लेनदेनको कागज गराएको खड्काले जानकारी गराउनु भएको छ ।

पुस २३ गते भएको उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेपछि मात्र आज प्रेस विज्ञप्तिमार्फ सार्वजनिक गरेको उल्लेख गरेका छन् ।

खड्काले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ

केहि समय अगाडी २०८० साल पुष २३ गते (जनावरि ८ तारिखको) दिन, कुख्यात अपराधिक समुह गणेश लामा र सहदेब कक्षपती लगाएत द्वारा ललितपुर जिल्ला धोलाहिटी आदर्स टोलबाट मेरो अपहरण गरीसानेपा स्थित London House (सानेपा खरिबोट बाट टेकु पुल जाने पट्टी) होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको थियो । मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँ बाट अपहरण गरी सानेपा स्थित लन्डन हाउस होटेल को रुम मा लगेर ८ घन्टा भन्दा धेरै बन्धक राखी त सँग २००/३०० करोड पैसा उठाउनु छ, हामी सँग पुलिस सिआइबी सब मिलेको छ सम्म भनेर धम्की दिएर तर्साइ त सङ Crypto & Bitcoin छ भनेर मेरो मोबाइल र ल्यापटप समेत कब्जा गरी तुरुन्ट हाम्रो कृप्टो अकाउन्ट मा ट्रान्स्फर गर भन्यो र मोबाइल ल्यापटप हेरेर पनि कही केहि नभेटिसके पछी जबर्जस्ती करकाप मा २० करोड को कागज गराइएको हो ।

उनिहरुको एउटै उदेस्य म सँग Crypto Bitcoin छ भन्ने प्रलोभनमा परेर यदी यो सँग बिट्क्वाइन रहेछ भने सबै ट्रान्स्फर गरौ र म पुलिशको मा जाने हिम्मत पनि गर्दैन भन्ने उदेस्य को साथ गिरोह नै लागेर योजनाबद्द रुपमा मलाई अपहरण गरिएको हो । डकै तहरूलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समय मै सार्बजनिक गर्न सकिएन। र यहाँबाट निस्के र घर परिवारलाई भनिस र पुलिसकोमा गइस भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकोले दिमागी रुपमा समेत ठुलो असर पुराएको छ! पहिले आफु र परिवार सुरक्षित स्थानमा हुनु र अपराधिलाई कानुनी कठघरामा उभाउनु मेरो प्रमुख प्राथमिकता थियो त्यसैले आज सबै कानुनी प्रक्रिया सकाए पछि हिम्मत जुटाएर यो लेख्दैछु ।

बिभिन्न व्यक्ति र संस्थाको समेत संलग्नतामा झन्डै १ बर्ष देखी निगरानी राख्दै नेपाल आएको नआएको बुझ्ने, पिछा गर्ने र अपहरण गर्ने योजना बनाएको स्वयम २ जना अपहरणकारीले मलाई राखिएको ८ घन्टाको समयमा बताएका थिए। “तेरो घर परिवारलाई भनिस् वा पुलिसकोमा गइस् भने धेरै नराम्रो हुन्छ, तलाई जहाँ गएपनी छोड्दिन र २०/३० लाख खर्च गरेर के टा लगाएर मार्दिन्छु सम्मको धम्की ” दिएको र मेरो चिनजानका मान्छेहरु सँग समेत बिभिन्न बहनामा कल गर्ने बुझ्ने, सुचना लिने गरेको स्वयम अपहरणकारीले बताएका थियो। “यदी तैंले तोकिएको समय भित्र फिरौती बराबरको रकम भुक्तान गरिनस् भने, तँलाई के गर्नु पर्छ जानेको छौ, छोड्दैनौ” भन्ने जस्ता धम्किहरु पनि दिएका थिए र त्यसपछि मलाई त्रास पुर्ण अवस्थामा जबर्जस्ती कागज गराएर छोडिदिएका थिए ।

अपराधीहरुलाई कानुनी कठघरामा उभाउनु हरेक नेपालीहरुको दायित्व हो। ज्यानको सुरक्षालाई मध्यनजर गरी भबिस्यमा हुन सक्ने जोखिमको कारण सबै तह र तप्काबाट उचित सुझाब र सल्लाह लिएर मैले कानुनी रुपमा गर्नु पर्ने सबै प्रक्रिया पुरा गरेको छु । र जाहेरी दिनु अघी म आफै ले नेपाल सरकार्, प्रहरी प्रशासन र कानुनी सल्लाहकारहरु सँग भेटेर नै सल्लाह गरेर सोही बमोजिम उहाहरुको सल्लाह अनुसार उपत्यका अपराध महाशाखामा २०८० साल माघ २८ गते गते मैले जाहेरी दिएको थिए र ७ दिन पछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाईल पठाएको बुझ्नमा आएको छ। र मलाई बिस्वास छ प्रहरी प्रशासनले यस्तो जघन्य अपराध माथी पुर्ण रुपमा अनुसन्धान गरि, अपराधीहरुलाई कानुनी कठघरामा उभाउन दृढ सन्कल्पका साथ अगाडी बढनेछ! र निज अपहरणकारीहरु द्वारा मुद्दालाई कमजोर बनाउनको लागी हुँदै नभएको फगत कु राहरु गर्ने, हामी ज्ञानेन्द्र खड ् का सँग मिलापत्र गर्दैछौ, चितवन काभ्रेमा समेत दुइ ग्रुप बिच छलफल भएको छ जस्तो भ्रामक कुराहरु प्रहरी प्रशासन समक्ष पुराएको र हामी मिलपत्र भैसक्यो, ज्ञानेन्द्र खडकाले मुद्दा फिर्ताको लागी निबेदन दिन्छ भनेर एकल निबेदन समेत दिएको सुन्नमा आएको छ । , यस्तो भ्रामक कु राहरु गरेर्, प्रमाणहरु मेटाउन खोज्ने र अनुसन्धान प्रकृया माथी नै अलमल गराउने सम्मको प्रपन्च गरिरहेको सुन्नमा आएको छ ।

म जिबन भर दिमागबाट नमेटिने गरी परेको चोट खपेर यि अपराधीहरु सँग मिलापत्र गर्ने कु रा सोच्न पनि सक्दिन्, यती धेरै आट र हिम्मत जुटाएर मात्र कुख्यात अपराधिक समुह सँग कानुनी लडाइ लड ् ने मनस्थितीले जाहेरी दिएको छु । मलाई मिलापत्र गरौ, फिरौती स्वरुप लिएको २५ लाख पैसा पनि फिर्ता दिन्छु , कागज पनि च्यात्छु र कुन कुन कागजमा सही छाप गर्नु पर्छ गर्छु भनेर पटक-पटक बिभिन्न मान्छेहरु बाट खबर पनि पठाएको थियो तर मैले मलाई यत्रो धम्कि, त्रास र मानसिक तनाब दिइसके पछी धेरै आट र हिम्मत गरेर जाहेरी दिएको हु !

अब जे कारबाही हुन्छ प्रहरी प्रशासन र अदालतबाट हुन्छ म व्यक्तिगत रुपमा माफी दिन सक्दिन भनेर पटक पटक मिलौ भनेर खबर ल्याउने ब्यक्तीहरुलाई समेत भनेको छु । अपहरणकारीहरुले यसरि बिभिन्न बाहाना बनाउने र यो अपहरण हैन भनेर भ्रमित गर्न खोजिरहेको समेत बुझ्नमा आएको छ । जाहेरी दिएको १० दिन भन्दा पनि धेरै भैसके को अवस्थामा आज सम्म ठोस रुपमा कारबाही प्रकृ या अगाडी बढिसके को छैन र अलि ढिलासुस्ती भैरहेको पनि हुने सक्ने सम्भावना रहेकोले नेपाल सरकार्, प्रहरी प्रशासन्, मिडियाकर्मी साथीहरु र आम नेपाली जनमानसमा सहयोगको निमित्त अपिल पनि गर्न चाहान्छु ।

मलाई पुष २४ गते वडा कार्यालयमा दर्ता गर्न जानु पर्छ भनिएको थियो किनकी घटना घटेको दिन बेलुका ८ बजे तिर बल्ल एक जना वकिल बोलाएर कागज गराएको थियो र म भोली पल्ट वडा कार्यलय दर्ताको लागी गइन्, र मेरो अनुपस्थिती र मन्जुरी बिना वडा कार्यलयमा समेत अपहरणकारी आफै गएर एकल प्रमाणित गरिएको छ भन्ने बुज्नमा आएकोले त्यसको निमित्त समेत कानुनी कारबाही अगाडी बढाएको छु !

र फेरी पनि मलाई जस्तै अपहरण गरी फे री कही कतै कसैलाई पनि करकापमा कागज गरेर अपराधीहरुले वडा कार्यालयमा सेटिङ गरेर एकल प्रमाणित गर्न नसकोस भनेर पनि तत्काल एकल प्रमाणित गरिदिने ब्यक्तीलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ र यस्तो जघन्य अपराधलाई समाजबाट निरुत्साहित गर्न पनि उत्तिकै आबश्यक रहेको छ । अपहरणकारी अहिले झुटो कु रा गरेर्, शक्तिको दुरुपयोग गरी बच्ने प्रपन्च समेत गरिरहेको बुज्नमा आएकोले यो प्रेश बिज्ञप्ती मार्फ त ध्यान आकर्शण गर्न चाहान्छु र घटनाबारे पुर्ण जानकारीको लागी सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सम्पर्क गरी घटनाबारे जानकारी गराउने छु !

आफ्नै मुलुकमा,आफ्नै घर आँगनमा यसरी अपहरणमा पर्नुले मनमा त्रास पैदा गरिदिएको छ साथसाथै केहि गर्नुपर्छ भन्ने मनस्थितिले नेपालको रोजगार बजारमा रोजगारी सिर्जना गरौ भन्ने हिम्मतलाई पनि धक्का पुगेको छ। मैले र मेरो परिवारले विगत केहि समयबाट भोगेको मानसिक यातानाका बारे कसैले पनि कल्पना सम्म गर्न सक्दैन। आफ्नै आँगनमा, आफ्नै मान्छे सँग को डर अझै भयानक हुनेरहेछ र यसले अझै धेरै नराम्रो सँग मनोबल टुटाउने रहेछ। अब आउने दिनहरुमा कोहि व्यावसायिक साथिभाईहरुले यो अवस्थाबाट गुज्रिन नपरोस भन्ने कामना गर्छु र यो प्रत्याभूति दिलाउनका लागि कानुनका रक्षक प्रहरी अनि सरकारले अझै गम्भीर भएर सोच्न पर्ने कु रा पनि अनुरोध गर्न चाहन्छु ।

आफ्नो र परिवारको ज्यान मुठीमा राखेर भए पनि यो अपराधका विरुद्ध म लडन आएको छु । यो डर र त्रासको घडिमा सबै जनाले साथ र सहयोग गर्नु हुनेछ भन्ने कु रामा विश्वस्त छु ।

धन्यबाद्।

ज्ञानेन्द्र खडका

फाल्गुन ९, २०८०