५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सितापाइला घटना: श्रीमतीसहित तीन जनाको हत्या गरेपछि आत्महत्या



अ+ अ-

काठमाडौँ । काठमाडौँको सिताइलामा तीन जनाको हत्या भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भनिने काजी बिकले आफ्नो श्रीमती सहित तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठ रहेका छन् ।

ईश्वरी र बच्चाको हत्या गरी राजुले पछि नजिकैको जंगलमा गई आत्महत्या गरेका थिए। बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए ।

ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको अनुसन्धननबाट खुलेको प्रहरीले जनाएको छ । ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले उनलाई बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ ।

बालकले प्रहरीलाई बुबाले आफूलाई पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाईएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले बताएका छन् ।

उनीहरुबीच पारिवारिक विवाद रहेको र हत्या गरिएको बताइएको छ । घटनास्थलबाट प्रहरीले हम्बर र चक्कु बरामद गरेको छ ।काजीले श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।




भर्खरै