• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

सितापाइला घटना: श्रीमतीसहित तीन जनाको हत्या गरेपछि आत्महत्या



काठमाडौँ । काठमाडौँको सिताइलामा तीन जनाको हत्या भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भनिने काजी बिकले आफ्नो श्रीमती सहित तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठ रहेका छन् ।

ईश्वरी र बच्चाको हत्या गरी राजुले पछि नजिकैको जंगलमा गई आत्महत्या गरेका थिए। बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए ।

ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको अनुसन्धननबाट खुलेको प्रहरीले जनाएको छ । ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले उनलाई बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ ।

बालकले प्रहरीलाई बुबाले आफूलाई पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाईएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले बताएका छन् ।

उनीहरुबीच पारिवारिक विवाद रहेको र हत्या गरिएको बताइएको छ । घटनास्थलबाट प्रहरीले हम्बर र चक्कु बरामद गरेको छ ।काजीले श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।