२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महासमिति बैठक: चार समूह बनाएर छलफल शुरु



काठमाडौँ ८ फागुन : नेपाली कांग्रेसको फागुन ७ गतेदेखि ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मङ्गलबार जारी महासमिति बैठकको बन्द सत्रमा सहभागी पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरु । तस्बिर : हरिराम भेटवाल/रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल शुरु भएको छ ।

बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रपतवेदनमाथि छलफल शुरु भएको हो ।

काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकमा मंगलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो । छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो ।

बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमश: सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।