६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले ‘आरआरआर’पछि जुनियर एनटीआरसँग अर्को तेलुगू फिल्म गर्ने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले चलचित्र ‘आरआरआर’बाट साउथमा डेब्यु गर्दैछिन् । फिल्ममा केमियो भूमिकामा काम गरेको आलिया यसबाट थप चर्चामा छिन् भने उनी फिल्मको प्रमोसनमा तातिएकी छन् । 

‘आरआरआर’मा काम गरेसँगै आलिया अब अन्य तेलुगू चलचित्रमा पनि काम गर्ने तयारीमा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार आलियाले नयाँ तेलुगू चलचित्र साइन गरेकी छन् । चलचित्रमा नायकको रुपमा तेलुगू स्टार जुयिनर एनटीआरको मुख्य भूमिका रहनेछ । एनटीआर चलचित्र ‘आरआरआर’मा पनि मुख्य भूमिकामा छन् ।

नाम फाइनल भइ नसकेको सो चलचित्रलाई कोराटाला शिवाले निर्देशन गर्दैछन् । शिवाले जुनियर एनटीआरसँग सन् २०१६ मा ‘जनता ग्यारेज’ नामक हिट चलचित्र दिएका थिए ।